कृषि प्रदर्शनी एवं कृषक मेला - २०७६

Monday, May 20, 2019

नेपालको कृषि क्षेत्रको समूल सुदृढिकरण गर्दै देशको आर्थिक सबलिकरणमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको उपलक्ष्यमा आगामी वर्षहरुमा समेत निरन्तर रुपमा संचालन हुने गरि कृषि प्रदर्शनी तथा कृषक मेला - २०७६ यस बर्ष आगामी जेष्ठ ३२ देखि आषाढ ३, २०७६ (२०१९ जुन १५ देखि १८ तारिख) सम्म आयोजना गर्न लागेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ |

कृषक, बिद्यार्थी, कृषि पेशाकर्मी, कृषि प्राबिधिक, कृषि उद्यमी एवम\ कृषि मेसिनरी व्यवसायी विच सहकार्य, अन्तरक्रिया र समन्वयलाई थप प्रभावकारी रुपमा अगाडी बढाउदै यस कृषि क्षेत्र र समग्र देशकै उत्पादकत्व बढाउदै समृद्ध नेपाल निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा सम्पूर्ण बिद्यार्थी, कर्मचारी, कृषक, कृषि व्यवसायी एवं सम्पूर्ण जनसमुदायमा सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दै हार्दिक निमन्त्रणा गर्दछौ |

मेला सम्बन्धि जानकारी

मेला अवधि: २०७६ साल जेष्ठ ३२ देखि असार ३ गते सम्म
स्थान: कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन परिसर

मेलाका मुख्य आकर्षण:

  • कृषि प्रबिधिको प्रदर्शनी
  • कृषि यान्त्रिकरणको प्रदर्शनी
  • बिभिन्न्न रैथाने बाली प्रदर्शनी
  • कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम
  • बाली बिमा सम्बन्धि सुबिधा
  • बैंकिंग सुबिधा
  • बाली उपचार शिविर
  • कृषि सम्बन्धि बिउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्रि सुबिधा
  • कृषि सम्बन्धि पुस्तक एवं प्रकाशन वितरण
  • रैथाने बालीको परिकारको प्रदर्शनी
  • उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी
  • धान उत्पादनका लागि उन्नत खेति तालिम
  • कृषि संग सम्बन्धित विभिन्न संघ संस्थाको प्रदर्शनी
  • विभिन्न परिकारका खाजा स्टलहरु
  • नि: शुल्क प्रवेश

थप जानकारीको लागि सम्पर्क न: ०५६-५९१६५५, ०५६-५९१७७७ ९८५११९४६८४, ९८५५०५४४५७